एक्सक्लुसीभ

एनआरएनए युएसए निर्वाचन, मतदान सुरु, टेक्सास, न्युयोर्क र क्यालीमा सतेन्द्र शाहको अग्रता

लस-एन्जलस । गैर आवासिय नेपाली संघ, (एनआरएनए) अमेरिकाको नयाँ नेतृत्व चयन गर्न आज आइतवार, १७ अगष्ट बिहान १०:०० बजे देखी पूर्वी समय अनुसार मतदान सुरु भएको छ । मतदाताहरु आफ्नो रोजाइको उम्मेदवारलाई मत दिन आफ्नो इमेल र मोबाइल मार्फत ब्यालेट कुरिरहेका छन् । मुख्य तीन प्रतिष्पर्धीहरु मध्य क्रमश सतेन्द्र शाह, रामहरी अधिकारी र भानु खरेल मतदाता रिझाउने अन्तिम दौडमा व्यस्त छन् ।

संघका झन्डै १३ हजार सदस्य संघको भावी नेतृत्वका लागि सामुन्ने भेटिएका बर्तमान उपाध्यक्ष भानु खरेल र महासचिव रामहरी अधिकारीलाई सोधिरहेका छन्, अब कहिले सम्म विभाजन, कलह र फुटको मार व्यहोर्ने हो एनआरएनए मार्फत अमेरिकाको नेपाली समुदाय, के हाम्रो जन्मसिद्ध नागरिकताको हक फिर्ता हुन्छ? भन्ने प्रश्नको उत्तर दिन हम्मे हम्मे परेको छ प्रत्यासीहरुलाई ।

धेरै मत भएको ठुला राज्यहरु क्यालिफोर्निया, न्युयोर्क र टेक्सासका संघका साधारण सदस्यहरुसंग प्रश्न सोधेका थियौ, ‘यस पटक कसलाई मत दिनु हुन्छ र तपाइको अनुमान अनुसार कसले जित्ने संभावना छ ? अधिकांसको उत्तर साझा थियो पुरानोलाई मत दिने कुरा हुदैन ।

यस अघिको कार्यकालमा एनआरएनए अमेरिका विभाजित गरेको आरोप लगाउदै अध्यक्ष प्रत्यासी भानु खरेल र रामहरीको आलोचना गर्ने ति सदस्यको भनाइमा यस पटक नयाँ अनुहार चुन्ने हो । न्युयोर्कका महेश शाह र रबिना भट्टचनले भने,’हाम्रो समुदायको मत एकत्रित रुपमा सतेन्द्र शाहलाई जान्छ ।’ टेक्सासका पूर्ण वाइबाले पनि टिम सतेन्द्रलाई तामांग समुदायको ठुलो मत जाने दावी गरेका छन् ।

हामीले सहभागीहरु मध्यका क्यालिफोर्नियाका एक सदस्य अमृत महतोलाई सोधेको प्रश्नको उत्तरमा उनले भने, ‘म सतेन्द्र शाहको एजेन्डाबाट प्रभावित छु र मेरो मत उनैलाई जान्छ । टेक्सासकि सरिता थापा पुनले भने अध्यक्षमा भानु खरेललाई मत दिने बताइन । टेक्सासकै सिपि पौडेल, दोर्ण अधिकारी, हरि प्रसाद जोशी र बिजय बुढाले सतेन्द्र शाह र उनको टिम रोजाइको उम्मेदवार भएको बताए ।

हामीले टेक्सास, क्यालिफोर्निया र न्युयोर्कका ६० सदस्यसंग सोधेको थियौ जस अनुसार ८ जना खुल्न चाहेनन् भने बाकि ५५ मध्य ३० जनाको रोजाइ सतेन्द्र शाह थियो भने ८ जनाको रोजाइमा रामहरी अधिकारी थिए भने अन्य बाकि १४ जनाले भानु खरेल रोजेका थिए । अन्य पदमा सर्वाधिक रोजाइमा सुनिता खत्री, लक्ष्मी थापा, मन मोहन वाइबा, परशुराम दाहाल, विजय वाइबा, सन्तोष पहाडी, मोहन न्यौपाने, रबिन्द्र उप्रेती र करिना कुवरको नाम अधिकांसले जित्ने र मत दिनेको सुचिमा रहेको बताए ।

हामीले सर्वेक्षणमा सहभागीहरुको नाम मतदाता सुचिमा रहेको नाम र स्थानिय शहरका सदस्यलाई रोजेका थियौ । स्मरण रहोस संघको अमेरिका चुनावमा नेपाली जनसम्पर्क समितिको उल्लेख्य प्रभाव रहने छ भने प्रवासी मंचको मतले पनि परिणाम हेरफेर हुन सक्छ ।

यसका अतिरिक्त गैर आवासिय नेपाली अभियानको नेतृत्वमा रहेका सुनिल साह, हरिबोल भण्डारी र गौरी जोशी अन्तरिक रुपले साहको पक्षमा सक्रिय देखिन्छन भने केशव पौडेल सपष्ट नदेखिने गरि भानु खरेलको पक्षमा रहेको अनुमान गरिन्छ । बुद्धि सुबेदी र दिलु पराजुलीको समर्थन भने रामहरी अधिकारीको लागि रहेको तथ्य सार्वजनिक भएका छन् । नेपाली जनसम्पर्क समितिको अध्यक्ष आनन्द बिष्टको पक्षधरता अन्तिम समयमा सतेन्द्र शाहको पक्षमा रहेको उनि निकट संजिव श्रेष्ठको शाहलाई मत मागेर गरेको समर्थनले पुष्टि हुन्छ भने भने प्रवासी मंचका नेता संजय थापा निकटका मानिसहरु पनि टिम सतेन्द्र शाहलाई मत मागिरहेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.