इमिग्रेशन अपडेट

आइस देखेर भाग्दा इन्टर स्टेट २१० को लेनमा एक आप्रवासीको गाडीको ठक्करबाट मृत्यु

लस-एन्जलस । दक्षिणी क्यालिफोर्नियाको मोनरोभिया स्थित होम डिपो स्टोर बाहिर अध्यागमन अधिकारीहरूबाट भागिरहेका एक व्यक्ति नजिकैको फ्रीवे पार गर्दा एसयूभीको ठक्करले मृत्यु भएको छ ।

क्यालिफोर्निया हाइवोए पेट्रोलले दिएको जानकारी अनुसार उक्त व्यक्ति पूर्वतिर जाने इन्टर स्टेट २१० को लेन पार गर्दै दौडिरहेको थियो जब उनलाई प्रति घण्टा लगभग ६० माइलको गतिमा यात्रा गरिरहेको एसयूभीले ठक्कर दिएका कारण घटना स्थलमै मृत्यु भएको थियो ।

सिटी मेनेजर डिलन फेइकले विज्ञप्ति मार्फत दिएको जानकारी अनुसार मोनरोभिया प्रहरीले बिहीबार अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन एजेन्टहरूको उपस्थितिको बारेमा फोन मार्फत जानकारी प्राप्त गरेको थियो । मोनरोभिया प्रहरीको एक अधिकारीले आइस एजेन्टहरू स्टोरमा आइपुगेको र त्यहाँ प्रवर्तन गतिविधि सञ्चालन गरिरहेको देखे ।

मोनरोभिया लस एन्जलसबाट लगभग २० माइल उत्तरपूर्वमा छ।

एक जना मानिस पैदल भागेर नजिकैको फ्रीवे तर्फ लागे, जहाँ उनलाई गाडीले ठक्कर दियो, फेइकले भने। उनलाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भयो, विज्ञप्तिमा भनिएको छ।

“हामी व्यक्ति र उनको परिवारप्रति समवेदना व्यक्त गर्दछौं,” फेइकले भने।

परिवारको सूचना नआउन्जेलसम्म उक्त व्यक्तिको नाम तुरुन्तै सार्वजनिक गरिएको थिएन। सीएचपीले दुर्घटनाको अनुसन्धान भइरहेको बताएको छ।

तर डिएचएसका अनुसार उक्त क्षेत्रमा अपरेशन समाप्त भएको केही घण्टा पछिसम्म एजेन्सीलाई घटनाको बारेमा सूचित गरिएको थिएन। र उक्त व्यक्तिलाई कुनै पनि कानून प्रवर्तन एजेन्सीले पछ्याएको थिएन ।

संघीय अध्यागमन प्रवर्तन अधिकारीहरूबाट भाग्ने क्रममा दक्षिणी क्यालिफोर्नियामा मारिएको यो दोस्रो घटना हो। गत महिना लस एन्जलसको उत्तरपश्चिममा रहेको गाँजा खेतीमा अध्यागमन छापा मार्ने क्रममा एक कृषि मजदुर ग्रीनहाउसको छतबाट लडे र उनको चोटपटकबाट मृत्यु भएको थियो ।

ट्रम्पले छापा मार्ने र आप्रवासन हिरासतमा वृद्धिसँगै आप्रवासन विरुद्धको कारबाहीलाई पनि तीव्र बनाएका छन्। दक्षिणी क्यालिफोर्निया भरि होम डिपो, कार धुने, गार्मेन्ट कारखाना र अन्य साइटहरूमा गिरफ्तारी जारी गरिएको छ । जसका कारण आप्रवासी समुदायहरू डर र त्रासमा बाँचिरहेका छन् ।

गत महिना, दक्षिणी क्यालिफोर्नियाको एक संघीय अदालतले ट्रम्प प्रशासनलाई अन्धाधुन्ध छापा मार्न अस्थायी रूपमा रोक लगाएको थियो। यस मुद्धामा सुनुवाइ सेप्टेम्बरमा हुने तय भएको छ।

होम डिपोका प्रवक्ता जर्ज लेनले दिएको जानकारी अनुसार कम्पनीलाई आप्रवासन सञ्चालन कहिले हुनेछ भनेर सूचित गरिएको छैन।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.