इमिग्रेशन अपडेट

सीमामा सोधपुछ, हिरासत र निर्वासनको क्रम जारी, न्यूजील्याण्डकी महिला आइसको हिरासतमा

लस-एन्जलस । अमेरिका पुन: प्रवेश गर्ने क्रममा पक्राउ परेपछि आफ्नो छ वर्षको छोरासहित अमेरिकी अध्यागमन केन्द्रमा राखिएकी एक न्युजिल्यान्डकी महिलालाई उनका सहयोगी कानुन ब्यावसायीहरुका अनुसार अपराधी जस्तै व्यवहार गरिएको छ।

तीन वर्षभन्दा बढी समयदेखि वाशिंगटन राज्यमा बस्दै आएकी ३३ वर्षीया न्युजिल्यान्डकी सारा शले आफ्ना हजुरबा हजुरआमासँग बिदा मनाउन सिधै न्यूजिल्यान्ड फर्कन सकून् भन्दै आफ्ना दुई हुर्किएका छोराछोरीलाई जुलाई २४ मा भ्यानकुभर विमानस्थलमा छाडेर अमेरिका पुन: प्रवेश गर्ने क्रममा उनि पक्राउ थिइन् ।

जब शले अमेरिकामा पुन: प्रवेश गर्ने प्रयास गरिन्, अध्यागमन र भन्सार प्रवर्तन (आइस) ले उनि सहित उनको कान्छो छोरालाई हिरासतमा लिएको थियो । शकी साथी भिक्टोरिया बेसानकोनले यतिबेला उनको कानुनी लडाई र रिहाइको लागि आर्थिक सहयोग संकलन गर्ने काममा साथ दिइरहेकी छिन्।

साराले भनिन्, “उनीहरूले चुपचाप उनि र उनको छोरालाई लगे र तुरुन्तै सेतो भ्यान भित्र हाले।”

बेसनकोनले दिएको जानकारी अनुसार आइसले शको फोन जफत गर्‍यो र आमा र छोरालाई दक्षिण टेक्सासको अध्यागमन हिरासत केन्द्रमा पुर्‍यायो ।

“यो एकदमै भयानक भएको छ,” बेसानकोनले भनिन्, कर्मचारीहरू बाहेक, श र उनको छोरा मात्र अंग्रेजी बोल्छन । बेलुका ८ बजेदेखि बिहान ८ बजेसम्म उनीहरू साझा शयनकक्षमा हुन्छन् र उनीहरूलाई आफ्नै लुगा लगाउन समेत अनुमति छैन।’

“यो वास्तवमै जेलमा हुनु जस्तै हो … यो एकदमै विनाशकारी भएको छ र यो एक प्रकारको बर्बरतापूर्ण छ।”

शारोजगार भिसामा छिन् , जुन उनले अधिकतम सुरक्षा किशोर सुविधामा आफ्नो रोजगारी मार्फत प्राप्त गरेकी थिइन् । उनले प्राप्त गरेको आई -३६० भिसा, जसले घरेलु हिंसाबाट बचेकाहरूलाई अमेरिकामा बसोबासको लागि आप्रवासन हैसियत प्रदान गर्न सक्छ।

शाले हालै आफ्नो भिसा नवीकरणको लागि गरेको आबेदन पुष्टि गर्ने पत्र प्राप्त गरेकी थिइन् तर उनको भिसाको आई -३६० अझै स्वीकृति हुन बाँकी थियो ।

सीमा अधिकारीहरूले शलाई हिरासतमा नराखी मानवीय प्यारोलको लागि निवेदन दिन सक्थे, बेसानकोनले भनिन् । तर यतिबेला शका तीनै जना छोराछोरीको आई -३६० भिसा स्वीकृत भइसकेको छ ।

सेवानिवृत्त अमेरिकी नौसेना अधिकारी बेसानकोनले श र अन्य आप्रवासीहरूप्रति उनको देशको व्यवहार भयावह भएको बताइन्।

“सारा जस्तै कानुनी हैसियत सहित अमेरिकी समाजमा योगदान पुर्‍याइरहेका मानिसहरू माथि भएको हृदयविदारक व्यवहार देख्दा दुखद अनुभूति हुन्छ,” उनले भनिन्।

अमेरिकी सीमामा सोधपुछ, हिरासत र निर्वासनको सामना गरिरहेका विदेशीहरूको बढ्दो सूचीमा शको मुद्धा पछिल्लो अर्को घटना हो, जसमा एक बेलायती पर्यटक, तीन जर्मन नागरिक लुकास सिलाफ, फेबियन श्मिट, जेसिका ब्रोशे, एक क्यानेडियन र एक अष्ट्रेलियाली समेत समावेश छन् जसलाई वैध भिसा भए पनि पक्राउ गरिएको थियो र त्यसपछि निर्वासित गरिएको थियो।

शको प्रतिनिधित्व गर्ने संघ, वाशिंगटन राज्य कर्मचारी संघ (डब्लुएफएसइ)ले उनको रिहाइको लागि आह्वान गरेको छ।

यसै गरि उनको मातृभूमि न्यूजील्याण्डको विदेश मामिला मन्त्रालयले यो शसँग सम्पर्कमा रहेको बताएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.