नेपाल

दाउन्नेको सडक फेरि अवरुद्ध

नवलपु । राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड फेरि अवरुद्ध भएको छ । बाटो चिप्लो भएका कारण दाउन्नेको उकालोमा गाडीहरु गुड्न नसक्दा समस्या भएको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाले जानकारी दिनुभयो ।

‘‘हल्का पानी पर्ने वित्तिकै चिप्लिए गाडी गुड्न सकेका छैनन्, कहिले बिच बाटोमा गाडी बिग्रेर समस्या हुने गरेको छ, कहिले पहिरोले अवरुद्ध हुन्छ,’’ प्रहरी निरीक्षक तिमिल्सिनाले भन्नुभयो, ‘‘कतिबेला के भएर बाटो अवरुद्ध हुने हो भन्नै सकिन्न ।’’

दाउन्ने खण्डमा सडक अवरोध भएका कारण सवारी आवागमनमा समस्या भएको र ममर्त गरी सडक खुलाउने प्रयास भईरहेको नारायणघाट–बुटबल सडक आयोजनाले जनाएको छ ।

ती–चार दिनदेखि अवरुद्ध भएको यो सडक बुधबार केही सहज ढङ्गले गाडी चले पनि बिहीबार फेरि समस्या भएको प्रहरीले जनाएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ विश्वकर्मा मन्दिर नजिकैको बाटोमा निरन्तर अवरोध हुँदै आएको छ ।

दाउन्नेको १४ किलोमिटर सडक खण्ड केन्द्रित रहेर अहिले सडक विस्तारको काम भए पनि यहाँ सडक ढलान तथा कालो पत्रे हुन नसक्दा सामान्य पानी पर्दा पनि समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनकराज बन्जराले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.