नेपाल

स्कर्पियो दुर्घटनामा चिकित्सकसहित आठजना घाइते

कालीकोट। कालीकोटमा जिप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । सुर्खेतबाट जुम्ला जाँदै गरेको स्कर्पियो सोमबार दिउँसो कालीकोट सदरमुकाम  मान्ममा दुर्घटना हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चिकित्सकसहित ८ जना घाइते भएका हुन ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी टेकबहादुर रावतका अनुसार कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडक खण्डमा पर्ने खाँडाचक्र–१ स्थित होटल हिलसाइड नजिक कर्णाली प्रदेश ०२००१ ज ०६३७ नं. को स्कर्पियो अनियन्त्रित भई सडकबाट करिब १२ मिटर तल खस्दा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा. रुबी थापालगायत आठ जना घाइते भएका छन् ।

कास्की जिल्ला पोखरा महानगरपालिका २९ घर भएकी थापाको दाहिने करङ्गमा चोट लागेको छ । थापालाई थप उपचारका लागि हेलिकोप्टरमा नेपालगन्ज लगिएको छ ।

घाइते हुनेहरूमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २५ वर्षीय चालक धर्मप्रसाद अधिकारी, गुल्मी सत्यवाती गाउँपालिका–५ का ३० वर्षीय सुनिल ज्ञवाली, दार्चुला नौगाड गाउँपालिका–२ की २२ वर्षीया अन्जना धामी, मुगु कार्मारोम गाउँपालिका–२ का २६ वर्षीय च्छोत्याङ्ग तामाङ घाइते छन्।

त्यस्तै, बाँके कोहलपुर नगरपालिका–८ का ३५ वर्षीय देवेन्द्र अधिकारी, पाल्पा माथागढी गाउँपालिका–१ का ४५ वर्षीया कल्पना नेपाल आचार्य र दोलखा गौरीशंकर गाउँपालिका–१ का ३० वर्षीय हिक्मत जिरेल घाइते छन् । अन्य घाइतेको जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको जिल्ला अस्पताल कालीकोटका डा। जीवन पाण्डेले जानकारी दिनु भएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.