इमिग्रेशन अपडेट

एक किशोरले पैगम्बर माथि अपमानजनक फेसबुक पोस्ट गरेको भन्दै बंगलादेशी हिन्दूहरूको घरमा आक्रमण र लुटपाट

ढाका । एउटा डरलाग्दो हिंसात्मक घटनामा, एक १७ वर्षीय किशोरले पैगम्बर महम्मदमाथि अपमानजनक फेसबुक पोस्ट गरेको आरोप लगाउदै बंगलादेशको रंगपुर जिल्लामा हिंसात्मक भीडले अल्पसंख्यक हिन्दूहरूको घरमा लुटपाट र आक्रमणको लहर निम्त्याएको छ। शनिबार र आइतबार दुई दिनको अवधिमा १५ हिन्दू घरहरूमा आक्रमण भएको थियो । घटना लगत्तै हिन्दू परिवारहरू ज्यान जोगाउन आफ्नो घर छोडेर भाग्न वाध्य पारिएको छ ।

महम्मद पैगम्बरको निन्दा गरेको आरोपमा किशोर पक्राउ परेपछि तोडफोड सुरु भएको थियो। लगत्तै आक्रोशित भीडलाई तितरबितर पार्न सेना र प्रहरी तैनाथ गरिएको थियो । यस घटनाले बंगलादेशको रंगपुर जिल्लाका हिन्दू समुदायमा कट्टरपन्थी मुस्लिम समुदायले गर्न सक्ने सम्भावितको आक्रमणको चिन्ताले त्रशित बनेको छ। प्रत्यक्षदर्शिहरुले बताए अनुसार घटना लगत्तै उनीहरूको घर जलाइयो र उनीहरूले आफन्तहरूसँग शरण लिनुपरेको छ र कहिले घर फर्कन सक्छन् भन्ने कुरा अझै अनिश्चित छ।

स्थानिय पोलिटेक्निक इन्स्टिच्युटको तेस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीले फेसबुकमा पैगम्बर महम्मदको बारेमा अपमानजनक सामग्री पोस्ट गरेपछि अल्दादपुर गाउँमा आक्रमण भएको थियो।

व्यापक हिंसा र विरोध प्रदर्शनको बावजुद यस घटनाको विषयमा कुनै एफआईआर वा गिरफ्तारी गरिएको थिएन। द डेली स्टारका अनुसार, पोस्टको बारेमा प्रहरीले उजुरी पाएपछि शनिबार साँझ ८:३० बजेतिर किशोरलाई पक्राउ गरिएको थियो।

प्रहरी अधिकारी अल एमरानले ढाकाबाट प्रकाशित हुने पत्रिका, प्रोथम अलोलाई भने, ‘साइबर सुरक्षा ऐन अन्तर्गत मुद्धा दायर गरिएको  र अदालतको आदेशपछि उनलाई किशोर पुनर्वास केन्द्रमा पठाइएको छ।’

उनको गिरफ्तारी पछि हिंसा सुरु भयो र लगत्तै प्रहरी र सेना तैनाथ गरियो।

एक अधिकारी, महमुद हसन मृधाले गाउँको भ्रमण पछि भने, ‘पन्ध्र घरहरू क्षतिग्रस्त वा लुटिएका थिए। हामी सूची तयार गर्दैछौं र आर्थिक र अन्य प्रकारका सहयोगमा काम गरिरहेका छौं।’

‘हामी रातभरि सुतेनौं,’ गाउँले कमलाकान्त रोयले पहिलो आलोलाई भने। ‘हामीसँग १०-१२ मन (४००-४८० किलो) धान थियो, र हामी अहिले बेच्दैछौं।’

विनाश बाहेक, बहुमूल्य सामानहरू लुटिएका थिए। स्थानीयहरूले सुनका गहना, कानुनी कागजातहरू लुटिएको बताए।

यो हिंसा बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको सरकारलाई अपदस्थ गरिएदेखि हिन्दूहरूमाथि भइरहेको उत्पीडनको राज्य समर्थित अभियान अन्तर्गत पर्दछ। यद्यपि अन्तरिम सरकारले अल्पसंख्यकहरूमाथि हुने यस्ता आक्रमणहरूलाई रोक्न कदम चालेको दावी गर्दै आएको छ । यस्ता घटना सार्वजनिक भैरहदा पनि मुहम्मद युनुस ‘अतिप्रचारित प्रचार; भन्दै पन्छिने गरेका थिए।

अगस्ट २०२४ मा शेख हसिनालाई पदच्युत गरिएपछि बंगलादेशमा हिन्दूहरू विरुद्धको हिंसामा तीव्रता आएको थियो । युनुस सरकारको पहिलो हप्ता नबित्दै ५२ जिल्लाहरूमा २०० वटा आक्रमणका घटनाहरू भएका थिए। अक्टोबर २२ सम्म आइपुग्दा अन्तरिम सरकारले हिन्दूहरू विरुद्ध साम्प्रदायिक हिंसाका ८८ घटनाहरूलाई आधिकारिक रूपमा स्वीकार गरिसकेको थियो।

राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का संयोजक नाहिद इस्लामले आक्रमणको निन्दा गर्दै भने, ‘पैगम्बरको अपमान गर्ने कसैलाई पनि छोड्नु हुँदैन, तर न्यायले कानूनको पालना गर्नुपर्छ।’

‘हिरासतमा लिइएका किशोर र उनका काका सहित तीन परिवार छिमेकी गाउँमा आफ्ना आफन्तको घरमा बसिरहेका छन्, ‘प्रमुख सल्लाहकारको कार्यालयले पुष्टि गर्दै भन्यो।

सल्लाहकारको कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हिन्दू घरपरिवारको मर्मत कार्य मंगलबारदेखि जिल्ला र सम्बन्धित उप-जिल्ला प्रशासनको निरीक्षणमा सुरु हुनेछ।’

(यो समाचार बंगलादेश स्थित हाम्रा सहयोगी र एजेन्सीको सहयोगमा तयार गरिएको हो।)

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.