एक्सक्लुसीभ

मधेश प्रदेशको खेतमा फाटेको धाँजा

महोत्तरी । देशको अन्न भण्डारको रूपमा परिचित मधेश प्रदेशले यस वर्ष सुक्खा र खडेरीको सामना गरिरहेको छ । मधेश प्रदेशमा यस वर्ष मनसुन अनुकुल नहुँदा धान रोपाइँ प्रभावित बनेको छ । 

मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेश प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ। अहिले मधेश प्रदेशमा धान रोपाइँका लागि मात्र नभएर पिउने पानी समेत अभाव रहेको छ ।

महोत्तरीको मटिहानी नगरपालिका, मनराशिसवा नगरपालिका लगायतका क्षेत्रमा पिउने पानीको अभाव समाधान गर्ने दीर्घकालीन योजना नभए पनि अहिले ट्याङ्करको साहेताले टोल–टोलमा पानी वितरण गरिरहेको छ। महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदैआएको छ।

सो क्षेत्रमा पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेको छ भने फाटफुट रूपमा किसानले रोपेको खेतमा धाँजा फाट्न थालेको छ । मधेश प्रदेश सरकारको सिफारिसमा सङ्घीय मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

महोत्तरी जिल्लाका मटिहानी नगरपालिकाका–७ र ८ नम्बर वडा क्षेत्रका खेतहरू अधिकांश सुक्खा छ भने पम्पसेटको सहायताले रोपाइँ गरिएका खेतहरूमा धाँजा फाटेको छ। स्थानीय गुफर लेहेरीका अनुसार यस वर्ष मनसुन सुरु भए पनि यो क्षेत्रमा पानी नपरेको सुनाउनुभयो । धान रोप्नका लागि आकाशे पानीको भर पर्नु पर्ने हामीले पम्पसेट पनि नपाएको र स्थानीय सरकारले वास्ता नगरेको उहाँको गुनासो छ।

त्यस्तै, अर्का स्थानीय सन्तोष यादवको खेत पनि यस वर्ष खडेरी र सुक्खाका कारण बाँझो छ । पैसा हुनेहरूले पम्पसेटको प्रयोगले धान रोपाइँ गरे पनि हामीहरू आकाशको पानीमै भर पर्नुपरेको उहाँले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.