राजनीति

बागमती प्रदेशमा कांग्रेसका चार मन्त्रीद्वारा राजीनामा

 

मकवानपुर । बागमती प्रदेश सरकारका चार जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्।

नेपाली कांग्रेसबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन शुक्रबार मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ समक्ष राजीनामा दिनुभएको हो।

चारै जनाले आफूहरुले मन्त्री पदबाट राजीनामा दिएको पुष्टि गर्नुभयो। मन्त्रीहरुले छुट्टाछुट्टै राजीनामा दिनुभएको हो। रामेछापको कार्यक्रममा सहभागी हुन जानुभएका मन्त्री लामिछानेले कार्यक्रमबाट फर्किएर आएर मुख्यमन्त्री लामालाई भेटेरनै काठमाडौँमा राजीनामा बुझाएको बताउनुभयो।

यसअघि लामिछानेले लामिछानले आफूले राजीनामाका बारेमा मुख्यमन्त्री लामासँग भेट गरेपछि मात्र टुङ्गो लाग्ने बताउनुभएको थियो।

मन्त्री लामिछानेले भन्नुभयो मुख्मयन्त्रीलाई पहिलो दिनदेखिनै सहयोग गरेको तर सरकारमा बसेर काम गर्नै नसक्ने अवस्था आएपछि राजीनामा दिएको बताउनुभयो। मन्त्रीहरु ठकुरी, श्रेष्ठ र महर्जनको राजीनामा अनलाइनमा राजीनामा आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

विविध कारणले निरन्तर आफ्नो जिम्मेवारी वहन गर्न सक्ने अवस्था नरहेको भन्दै आजैको मितिबाट लागू हुने गरी राजीनामा दिएको मन्त्रीहरुले मुख्यमन्त्रीसमक्ष दिएको राजीनामा पत्रमा उल्लेख छ। एक वर्षअघि कांग्रेसका लामाको नेतृत्वमा नेकपा एमालेसहितका गठबन्धनको सरकार बनेको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.