इमिग्रेशन अपडेट

टेक्सासको आप्रवासी हिरासत केन्द्रमा भएको गोलीकाण्डमा मरीन कोर्प्स रिजर्भिस्ट आरोपित

ह्याली गोल्डेन, (एपी):- टेक्सासको अध्यागमन हिरासत केन्द्रमा भएको आक्रमणमा एक प्रहरी अधिकारीको घाँटीमा गोली हानी हत्या गरिएको घटनामा संलग्न एक पूर्व अमेरिकी मरीन कोर्प्स रिजर्भिस्टलाई पक्राउ गरी हत्या प्रयासको आरोप लगाइएको संघीय अभियोजकहरूले मंगलबार बताएका छन्।

टेक्सासको उत्तरी जिल्ला केन्द्रित सरकारी वकिलको कार्यालयले दिएको जानकारी अनुसार जुलाई महिनाको चौथो दिन डलासको दक्षिणपश्चिममा रहेको अल्भाराडोमा रहेको प्रेइरील्याण्ड डिटेन्सन सेन्टर बाहिर कालो सैन्य शैलीको पोशाक लगाएका आक्रमणकारीहरूले गोली चलाएको घटनामा ३२ वर्षीय बेन्जामिन हानिल सोङलाई आरोप लगाइएको हो।

टेक्सासको उत्तरी जिल्ला केन्द्रित सरकारी वकिलको कार्यालयले जारि विज्ञप्तिमा भनेको छ, ‘डलासमा बसोबास गर्दै आएका सोङलाई एक हप्ता लामो खोजी पछि पक्राउ गरिएको थियो र उनलाई संघीय एजेन्टहरूको हत्या प्रयासको तीन अभियोग र हिंसाको अपराधको सम्बन्धमा बन्दुक चलाएको तीन अभियोग लगाइएको छ। उनीमाथि आक्रमणसँग सम्बन्धित चार बन्दुकहरू खरिद गरेको आरोप लगाइएको छ ।’

अमेरिकी जिल्ला अदालतको रेकर्डमा सोङको प्रतिनिधित्व गर्ने वकिलहरूको नाम वा अदालतमा उपस्थित हुने व्यक्ति र कानुन ब्याबसायीको नाम अहिले सम्म सुचिकृत भएको छैन । टेक्सासको उत्तरी जिल्ला सम्बन्धित सरकारी वकिलको कार्यालयले सोङको वकिल छ कि छैन भनेर सोधिएको इमेलको जवाफ अहिले सम्म प्राप्त भएको छैन ।

यसै बीच आक्रमणमा घाइते भएका अधिकारीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ।

दस जना, जसमध्ये धेरैजसो डलास-फोर्ट वर्थ क्षेत्रका बासिन्दालाई यस अघिनै एक संघीय अधिकारीको हत्या प्रयास र हिंसाको अपराधको सम्बन्धमा बन्दुक चलाएको आरोप लगाइएको छ। अर्को एक व्यक्तिलाई प्रमाण लुकाएको र न्यायिक छानबिनमा अवरोध पुर्‍याएको आरोप लगाइएको छ। यसैगरी अन्य दुई जनालाई सोङलाई भाग्न मद्धत गरेको आरोप लगाइएको छ।

संघीय अभियोजकहरूका अनुसार दोषी ठहरिएमा अधिकांस प्रतिवादीहरूलाई आजीवन कारावासको सजाय हुन सक्छ भने न्यायिक अन्वेषणमा अवरोध पुर्‍याएको र घटना पछि सहयोग गरेको आरोप लगाइएकाहरूलाई दोषी ठहरिएमा कम सजाय हुनेछ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अबैध आप्रवाशीहरुलाई देश निकाला गर्ने धरपकड तीव्र पारिरहेको उक्त बेला गोलीकाण्ड भएको हो।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.