इमिग्रेशन अपडेट

आइसको धरपकडमा परेका क्यालिफोर्नियाका कृषि मजदुरको मृत्यु

लस-एन्जलस । दक्षिणी क्यालिफोर्नियाको गाँजा खेति गरिदै आएको एक स्थानमा यसै साता आप्रवाशन तथा भन्सार परवर्तनको क्षेत्रमा कार्यरत अमेरिकी नियोग (आइस)ले अचानक सुरु गरेको धरपकडका क्रममा छतबाट खसेर एक कृषि मजदुरको शनिबार मृत्यु भएको छ ।

ट्रम्प प्रशासनले जारी राखेको बैधानिक कागजपत्र नभएका आप्रवाशीहरुलाई धरपकड गर्ने कार्य अन्तर्गत आइसको नियन्त्रणमा रहेका एकको मृत्यु भएको हो । मृत्यु भएका ५७ वर्षीय जैमे एलानिस रहेको परिचय खुलेको छ । एलानिसकी भतिजी यसेनिया डुरानले ५७ वर्षीय जैमे एलानिसको मृत्यु भएको पुष्टि गरेकी छिन् ।

डुरानले जैमे एलानिसको मृत्यु लगत्तै गो फन्ड मार्फत आर्थिक सहायताको लागि आव्ह्वान गरेकी छिन् । उनले भनेकी छिन्, ‘उनका काका उनको परिवारको एक मात्र कमाई गर्ने व्यक्ति थिए जसको कमाइले मेक्सिकोमा रहेका उनका श्रीमती र छोरीलाई भरण पोषण गर्दै आएका थिए। जैमे एलानिसले १० वर्ष देखि उक्त फार्ममा काम गरेको उनको परिवारले बताएको छ। (तस्बिर सौजन्य: एपी)

 

 

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.