समाचार

अमेरिका पठाउने भन्दै ७० लाख ठगी गर्ने पक्राउ

काठमाडौं । प्रहरीले अमेरिका पठाउने भनी ६९ लाख ५० हजार रुपियाँ ठगी गर्ने ५४ वर्षीय स्वर्णिम कुमार बाँठालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन पारी रोजगारीका लागि अमेरिका पठाउने भनी लामो समयसम्म झुक्यानमा राखी उनले सो रकम ठगी गरेका हुन् ।

स्थायी घर रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वडा नं ४ भएका बाँठा हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बस्दै आएका थिए । यसै गरी, अमेरिका पठाउने भनी ४० लाख रुपियाँ ठगी गर्ने ४७ वर्षीय मिङमा डुण्डु शेर्पा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार स्थायी घर ताप्लेजुङ मिक्वाखोला गाउँपालिका वडा नं ५ भई हाल काठमाडौँ बस्दै आएका शेर्पालाई काठमाडौँ महानगरपालिका–६ बाट पक्राउ गरिएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.