नेपाल

बुढीगण्डकी नदीमा ठुलो बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । बुढीगण्डकी नदीमा आइतबार बिहानदेखि लेदोसहितको ठुलो बाढी आइरहेकाले त्रिशूली दोभानसम्म नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले आइतबार बिहान ६ः४० बजेतिर सूचना जारी गर्दै गोरखाको चुमनुब्री गाउँपालिका–६ बाट बुढीगण्डकी नदीमा ठुलो बाढी आइरहेको जनाएको हो ।

बाढीको बहाव पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदीको छेउछाउ नजान र सुरक्षित उच्च स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ ।

नदी आसपासका बासिन्दा तथा यात्रुहरूलाई सम्भावित जोखिमबाट बच्न सतर्कता अपनाउनसमेत अनुरोध गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्