इमिग्रेशन अपडेट

पेन्सिलभेनियामा कंग्रेसनल चुनावी अभियानमा सार्वजनिक स्थानमा गुप्तांग प्रदर्शन गर्ने नाइजेरियाली आप्रवासी पक्राउ

वासिङ्टन । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) ले पेन्सिलभेनियामा कंग्रेसनल चुनावी अभियानमा सार्वजनिक स्थानमा आफ्नो गुप्तांग प्रदर्शन गर्ने नाइजेरियाली कागजपत्र बिहिनआप्रवासीलाई पक्राउ गरेको छ।पक्राउ परेका व्यक्तिले आफु कंग्रेसनल अभियानको लागि क्यानभासरको रूपमा काम गरेको बताएका थिए ।

सेप्टेम्बर २७ मा, नाइजेरियाबाट आएका कागजपत्र बिहिन आप्रवासी चिमाओबिम अदेदायो इग्बोजेक्वेलाई पूर्वी पेन्सबोरो टाउनशिपमा अश्लील प्रदर्शन र अव्यवस्थित आचरणको लागि पक्राउ गरिएको थियो। उनले अव्यवस्थित आचरणको आरोपमा दोषी स्वीकार गरेका छन्।

घटनाको समयमा इग्बोजेकवे पेन्सिलभेनियाको १०औँ कंग्रेसनल डिस्ट्रिक्टका लागि डेमोक्र्याटिक उम्मेदवार बनेकी जानेल स्टेलसन को प्रचारकका रूपमा काम गरिरहेका थिए। बालबालिकासहित स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको पार्क नजिकैको आवासीय क्षेत्रमा सार्वजनिक रूपमै आफ्नो पाइन्ट फुकालेर गुप्तांग प्रदर्शन गरिरहेको अवस्थामा फेला परेपछि उनलाई पक्राउ गरिएको थियो।

“जानेल स्टेलसनले कंग्रेसनल चुनावी अभियानमा काम गर्न कुनै गैरकानुनी आप्रवासीलाई, अझ त्यसमाथि सार्वजनिक रूपमा गुप्तांग प्रदर्शन गर्ने विकृत मानसिकता भएको व्यक्तिलाई, नियुक्त गर्नु अविश्वसनीय कुरा हो,” आइसका उप-निर्देशक चार्ल्स वालले भने।”

इग्बोजेकवे सन् २०१७ को जुन महिनामा कानुनी रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गरेका थिए। सन् २०१९ को नोभेम्बरमा उनको बसाइको वैधानिक अवधि समाप्त भएपछि उनी गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका थिए। सन् २०२१ को सेप्टेम्बरमा बाइडेन प्रशासनले उनलाई ‘डिफर्ड एक्सन’ (कारबाही स्थगन) को सुविधा प्रदान गरेको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्