इमिग्रेशन अपडेट

खाडी क्षेत्रका देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति रोकियो

काठमाडौँ। सरकारले मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न देशका लागि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति रोकिएको हो ।

वैदेशिक रोजगार विभाग, वैदेशिक श्रम स्वीकृति शाखा ताहाचलले आइतबार एक सूचना जारी गर्दै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलसहितका देशमा श्रम स्वीकृति रोकेको जनाएको छ ।

सूचनाअनुसार ती देशमा रोजगारीका लागि यस विभाग र अन्तर्गतका निकायबाट प्रदान गरिने सबै प्रकारका श्रम स्वीकृति अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको हो । मन्त्रालयले फागुन १७ गते सो निर्णय गरेको विभागले जनाएको छ ।

मध्यपूर्वमा बढ्दै गएको तनाव र सुरक्षा जोखिमलाई ध्यानमा राखी सरकारले यो कदम चालेको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.