आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ ५५ पैसा र बिक्रीदर १५५ रुपियाँ १५ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ०२ पैसा र बिक्रीदर १७३ रुपियाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ४२ पैसा र बिक्रीदर २०५ रुपियाँ २१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ ५० पैसा र बिक्रीदर १८६ रुपियाँ २२ पैसा कायम गरिएको छ ।
असस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ६८ पैसा र बिक्रीदर १०८ रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ६७ पैसा र बिक्रीदर १०९ रुपियाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ७६ पैसा र बिक्रीदर १२१ रुपियाँ २३ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ७६ पैसा र बिक्रीदर नौ रुपियाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर २३ रुपियाँ ०५ पैसा र बिक्रीदर २३ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपियाँ १७ पैसा र बिक्रीदर ४१ रुपियाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ४० पैसा र बिक्रीदर ४२ रुपियाँ ५६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४२ रुपियाँ ०८ पैसा र बिक्रीदर ४२ रुपियाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ८१ पैसा र बिक्रीदर ३७ रुपियाँ ९५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ५५ पैसा र बिक्रीदर ११ रुपियाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ४० पैसा र बिक्रीदर १५ रुपियाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ १५ पैसा र बिक्रीदर २३ रुपियाँ २४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६९ पैसा र बिक्रीदर १९ रुपियाँ ७७ पैसा, कुवेती दिनार एकको खरिददर ५०१ रुपियाँ ५४ पैसा र बिक्रीदर ५०३ रुपियाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ४०९ रुपियाँ ९२ पैसा बिक्रीदर ४११ रुपियाँ ५१ पैसा, ओमनी रियाल एकको खरिददर ४०१ रुपियाँ ४३ पैसा र बिक्रीदर ४०२ रुपियाँ ९९ पैसा रहेको छ ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।