राजनीति

एमाले केन्द्रीय कमिटी बैठक: अध्यक्ष ओलीद्वारा राजनीतिक प्रतिवेदन पेस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको पहिलो दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि आजका लागि बैठक सकिएको छ । 

ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा आजदेखि सुरु भएकामा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि आजका लागि बैठक सम्पन्न भएको पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।

उहाँले भोलिदेखि अध्यक्ष ओलीको प्रतिवेदनमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन/तीन मिनेटका दरले समय दिएर सुझाव दिइने बताउनुभयो । भोलि बिहान ९ः०० बजे सोही ठाउँमा बैठक बस्ने छ । गत फागुनमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको पहिलोपटक केन्द्रीय कमिटीको बैठक बसेको हो । बैठक यही असोज ७ गतेसम्म सञ्चालन हुनेछ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्