राजनीति

नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट सुरु भएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित उद्घाटन सत्र सुरु हुने तयारीमा छ ।

उद्घाटन सत्रमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, नेपाली कम्युनिष्ट पाटीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन लगायत नेताहरू सहभागी हुनुभएको छ ।

महाधिवेशनको बन्द सत्र र अन्य कार्यक्रमहरू भोली र पर्सि मङ्गलवार हुने र निर्वाचन कार्यक्रमका लागि २१ र २२ तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

यसअघि शुक्रवार र शनिवार महाधिवेशन प्रतिनिधिको नाम दर्ता भैसकेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्