अर्थ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ २४ पैसा र बिक्रीदर १५३ रुपियाँ ८४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ८० पैसा र बिक्रीदर १७७ रुपियाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ५५ पैसा र बिक्रीदर २०७ रुपियाँ ३६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ३७ पैसा र बिक्रीदर १८८ रुपियाँ १० पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ २४ पैसा र बिक्रीदर १०९ रुपियाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपियाँ १९ पैसा र बिक्रीदर ११० रुपियाँ ६२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपियाँ ४५ पैसा र बिक्रीदर १२० रुपियाँ ९२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ९० पैसा र बिक्रीदर नौ रुपियाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८३ पैसा र बिक्रीदर २२ रुपियाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ८० पैसा र बिक्रीदर ४० रुपियाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ०४ पैसा र बिक्रीदर ४२ रुपियाँ २० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ७२ पैसा र बिक्रीदर ४१ रुपियाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ २६ पैसा र बिक्रीदर ११ रुपियाँ ३१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६८ पैसा र बिक्रीदर १५ रुपियाँ ७४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ६५ पैसा र बिक्रीदर २३ रुपियाँ ७४ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ५४ पैसा र बिक्रीदर १९ रुपियाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपियाँ १५ पैसा र बिक्रीदर ५०१ रुपियाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपियाँ ४९ पैसा बिक्रीदर ४०८ रुपियाँ ०८ पैसा, ओमनी रियाल एकको खरिददर ३९८ रुपियाँ ०२ पैसा र बिक्रीदर ३९९ रुपियाँ ५८ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्