खेलकुद

ज्ञानोदय र रातो बंगलालाई स.बल ज्ञान कार्निभलमा दोहोरो उपाधि

काठमाडौं । आयोजक ज्ञानोदय बालवाटिका र रातो बंगलाले ३२ औं स.बल ज्ञान कार्निभलमा शुक्रबार दोहोरो उपाधि जितेका छन् । ज्ञानोदय बास्केटबलको ब्वाइज÷गल्र्स दुवैमा च्याम्पियन बन्यो । फुटबलमा दोहोरो उपाधि जित्न सफल रातो बंगला ब्वाइज÷गल्र्स दुवैमा विजेता भयो ।

बुङमतिस्थित घरेलु कोर्टमा भएको ब्वाइजको बास्केटबल फाइनलमा ज्ञानोदयले लिटिल एन्जल्स (एलए) लाई ५६–४४ ले पराजित ग¥यो । ज्ञानोदयको जितमा साइमन क्षेत्रीले २१ अंक योगदान गरे ।

गल्र्सको उपाधि भिडन्तमा सुवेक्षा वज्राचार्यको ११ अंक सहयोगमा ज्ञानोदयले मल्पी इन्टरनेसनल स्कुललाई १६–१५ को साँघुरोअन्तरले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय साइमन र सुवेक्षा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

ब्वाइज फुबटल फाइनलमा रातो बंगलाले आयोजक ज्ञानोदयलाई ३–२ गोलले पाखा लगायो । रातो बंगलाका सिद्धान्त राईले २ गोल गरे । बाँकी एक गोल आत्माघाती थियो । ज्ञानोदयका प्रकाश थापाले २ गोल फर्काए ।

गल्र्सको फाइनलमा रातो बंगलाले एभीएमलाई २–० गोलले पन्छायो । श्रीयुक्ति शाह र प्रशंसा कंसाकारले गोल गरे ।

स.बलको मुख्य प्रायोजन तथा सफल दुध र फन पार्टनर चोकोफन क्रसको सह–प्रायोजनमा भएको प्रतियोगिताको फुटबलमा रातो बंगलाकाद्वय सिद्धान्त र श्रीयुक्ति उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, सिनियर भाइस प्रिन्सिपल भानु ए, स.बल फाउन्डेसनका अध्यक्ष सतिश जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १५ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइज÷गल्र्स बास्केटबलमा समान ८–८ टिम सहभागी थिए । फुटबलको ब्वाइजमा ९ तथा गल्र्समा ६ टिमले भाग लिएका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्