खेलकुद

नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने

काठमाडौं। नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ । पहिलोपटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहीबार भियतनामको दानाङ प्रस्थान गर्ने भएको छ ।

अगष्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म हुने प्रतियोगिताको सिनियर क्याटेगोरीमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधानले प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै, ओपन क्याटेगोरीमा ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्षा राणा, सञ्जील कन्साकार र किरण खनालले भाग लिने छन् ।

व्यवस्थापक तथा प्रशिक्षकमा सौरभ भण्डारी छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्