मंगलबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर यस्तो छ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ २७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०१ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।