नेपाल

देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण विभागको निर्देशन

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिनभित्र विभागमा उपस्थित हुन निर्देशनसहित म्याद पुर्जी जारी गरेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा केही महत्त्वपूर्ण विषयमा बयान लिनुपर्ने भएकाले विभागले उहाँलाई उपस्थित हुन बोलाएको जनाएको छ। विभागले मंगलबार बुढानीलकण्ठस्थित उनको निवासमा म्याद पुर्जी टाँस गरिसकेको छ।

विभागले प्रकाशित गरेको सूचनाअनुसार, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम सूचना प्रकाशन भएको मितिबाट बाटोको म्यादबाहेक ७ दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको केन्द्रीय कार्यालयको ‘बी’ ब्लकमा रहेको विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। तोकिएको समयभित्र उपस्थित नभए प्रचलित कानुनबमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।

विभागले यसअघि यही अनुसन्धानका सिलसिलामा जयवीरका बुबा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र आमापूर्व परराष्ट्रमन्त्री आरजु राणालाई पनि बयानका लागि बोलाइसकेको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्