काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन हिमाली तथा पहाडी भूभागमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार आज बुधबार राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
भोलि बिहीबार देशभर साधारणतया बादल लाग्नेछ भने पर्सी शुक्रबार देशका हिमाली र पहाडी भूभागमा साधारणतया र तराई भूभागमा आंशिक बादल लाग्नेछ । भोलि र पर्सी हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ ।
भोलि दिउँसो लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थान लगायत बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक, दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
पर्सी हिमाली र पहाडी भूभाग तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।