इमिग्रेशन अपडेट

शाही माफी पाएका ती नेपाली नागरिक साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने मन्त्रालयले जनाएको छ ।

काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई ‘आम माफी’ दिएको छ । रमजान महिनाको अवसरमा साउदी सरकारले ती नेपालीलाई आममाफी दिएको हो ।

नेपाल सरकार, परराष्ट्र मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शाही माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ ।

नेपाल सरकारले साउदी सरकारको यस सहृदयी कदमको उच्च प्रशंसा गर्दै यसलाई नेपाल र साउदी अरबबिचको लामो समयदेखिको मित्रता, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतिबिम्बका रूपमा लिएको जनाएको छ ।

रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई सो माफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।

शाही माफी पाएका ती नेपाली नागरिक साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने मन्त्रालयले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्