नेपाल

इलाम । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलाम–झापा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक बग्नुका साथै विभिन्न ठाउँमा पहिरो खसेपछि सवारी साधनको आवतजावत ठप्प भएको हो।

सडक अवरुद्ध भएपछि इलामबाट झापा तथा झापाबाट इलाम आउने–जाने यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने दैनिक उपभोग्य सामग्रीको ढुवानीसमेत प्रभावित बनेको छ।

सडक खुलाउन सम्बन्धित निकायले डोजर र प्राविधिक टोली परिचालन गरेको भए पनि निरन्तर वर्षा भइरहेका कारण पहिरो हटाउने कार्यमा कठिनाइ भइरहेको छ। मौसममा सुधार आएपछि मात्रै सडक सञ्चालनमा ल्याउन सकिने सम्बन्धित निकायले जनाएको छ।

जिल्ला प्रशासन र सुरक्षा निकायले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, यात्रा गर्नै परे सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्