नेपाल

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति मधेस, कोशी, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई भूभाग र मधेस प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना छ । महाशाखाका अनुसार हाल देशका विभिन्न भूभागमा साधारणतया तथा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानका साथै गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थान, मधेस प्रदेश तथा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ । भोलि मङ्गलबार देशभर अधिकांश बादल लाग्नेछ भने पर्सी बुधबार देशभर पूर्णतया बादल लाग्नेछ ।

भोलि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । पर्सी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक, दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यसैगरी, कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्