नेपाल

काठमाडौँ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले मनसुनको अनियमितताका कारण असारको १५ पुग्दा समेत कतिपय किसानले धानको बिउ समेत राख्न नपाएको तथा  मल, बीउ, सिँचाइ र प्रविधिको अभाव झेल्नु परिरहेको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले किसानको श्रमको उचित मूल्याङ्कन नगरी कृषि क्षेत्रको विकास सम्भव नहुने भन्दै किसान मैत्री नीति, कृषि आधुनिकीकरण र कृषि उत्पादनको उचित मूल्यको तथा खाद्य सुरक्षाको सुनिश्चितताको लागि प्रभावकारी कार्यक्रम ल्याउन माग गर्नुभयो ।

सांसदहरुले पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा रहेको र अन्तर्राष्ट्रिय स्तरमा पेट्रोलियम पदार्थको मूल्य घटेको भएपनि नेपालमा मूल्य नघटेको भन्दै मूल्य घटाउन माग गर्नुभयो ।

सांसदहरुले भूमिहीन किसान, दलित र सुकुम्वासीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै विना तयारी सुकुम्वासीलाई बस्तीबाट हटाएको र व्यवस्थापन नगरी होल्डिङ सेन्टरबाट पनि हटाउन लागेको भन्दै त्यसको विरोध गर्नुभयो ।

सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ हजारभन्दा बढी बालबालिका पार्टीको सदस्य बनाएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै विरोध गर्नुभयो ।

सांसदहरुले कक्षा १२ का विद्यार्थीको भविष्यमा प्रभाव पर्ने गरी परीक्षाफल प्रकाशन भएको भन्दै सुधार गर्न सरकारसँग माग गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्