राजनीति

रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापतिमा सोविता गौतम निर्वाचित हुनुभएको छ । चितवनमा जारी प्रथम महाधिवेशनमा शुक्रबार भएको मतदान प्रक्रियाबाट उहाँ निर्वाचित भएकी हुन् ।

उपसभापति पदमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै गौतम विजयी हुनुभएको हो । गौतम नेपाल सरकारको कानुन न्याय तथा संसदीय मामिलामन्त्रीसमेत हुनुहुन्छ । उपसभापति पदमा गौतमले ७८९ मत ल्याउनुभएको छ भने कार्कीले ५७२ मत पाएका छन् ।

त्यसैगरी महामन्त्रीमा विपिन आचार्य विजयी भएका छन् । महामन्त्री पदका अर्का प्रत्यासी मनिस झालाई पराजित गर्दै आचार्य विजयी हुन् ।

उपसभापति पदमा गौतम निर्वाचित भएलगत्तै उहाँकी प्रतिद्वन्द्वी कार्कीले बधाई दिएकी छिन । कार्कीले फेसबुकमा लेखेकी छिन, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकोमा माननीय सोविता गौतमज्युलाई हार्दिक बधाई दिन चाहन्छु।’

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्