खेलकुद

पानामालाई १-० ले हराउँदै क्रोएसिया नकआउट चरणमा प्रवेश गर्ने सम्भावना

लस एन्जलस । क्रोएसियाले फिफा विश्वकप २०२६ मा नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको छ ।

बुधबार बिहान भएको खेलमा पानामालाई १–० गोलले पराजित गर्दै क्रोएसियाले महत्वपूर्ण तीन अंक जोडेको हो ।

क्रोएसियाको जितमा एन्टे बुडिमिरले ५४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै समूहको नकआउट समीकरण थप रोचक बनेको छ । इंग्ल्याण्ड, घाना र क्रोएसियाबीच अन्तिम दुई स्थानका लागि प्रतिस्पर्धा हुने भएको छ ।

घानाले इंग्ल्याण्डलाई बराबरीमा रोकेपछि दुवै टोलीको समान चार–चार अंक रहेको छ । गोलअन्तरका आधारमा इंग्ल्याण्ड शीर्ष तथा घाना दोस्रो स्थानमा छ ।

अब अन्तिम खेलमा इंग्ल्याण्डले पनामासँग तथा क्रोएसियाले घानासँग प्रतिस्पर्धा गर्नेछ । यी खेलको नतिजाले नकआउट चरणमा पुग्ने दुई टोलीको टुंगो लगाउनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्