नेपाल

वटेश्वर गाउँपालिकामा आँप महोत्सव २०८३ शुरु

जनकपुर । धनुषा जिल्लाको वटेश्वर गाउँपालिकाको वडा नंं १ चित्रपुरमा तीन दिने आँप महोत्सव २०८३ शुरु भएको छ ।

वटेश्वर गाउँपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना र चित्रपुर म्याङ्गो एग्रो टुरिज्म ईनिसिएटिभ संस्थाको संयुक्त आयोजनामा शुरु भएको महोत्सवमा विभिन्न जातका आँपहरूका ४० स्टल रहेका छन् ।

महोत्सवमा बुमई, माल्दह, दशहरी, जर्दा, गुलाव खास, आम्रपाली, आम्रमल्लिका, केर्वा, सिपिया, फैजली, सिनुरीया सहितका जातका आँप प्रदर्शनी तथा बिक्रीमा राखिएका हुन् ।

मेलाको अवलोकन तथा उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आँपको प्रशोधन गरेर विभिन्न परिकारहरूको निर्माण गरेर स्वदेश तथा विदेशमा निर्यात गरेर किसानहरुले राम्रो आय आर्जन गर्न सक्ने भएकाले प्रशोधन उद्योग स्थापनका लागि प्रदेश सरकारले सहकार्य गरिरहेको बताउनुभयो । मुख्यमन्त्री यादवले यस्ता प्रकारका महोत्सवले आँपको बजारीकरणमा ठूलो मद्दत पुग्नुका साथै किसानले क्रेतालाई आँप बिक्री गरेर सोझै आम्दानी गर्न मिल्ने भएकोले महोत्सव महत्वपूर्ण भएको बताउनुभयो ।

चित्रपुर म्याङ्गो एग्रो टुरिज्म ईनिसिएटिभका अध्यक्ष प्रदीप महतोको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल, मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री शारदा देवी थाप, वटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतो सहितका व्यक्तिहरूको सहभागिता थियो । 

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.