इमिग्रेशन अपडेट

कानुनी आधार बिना कम्बोडियामा बसिरहेका नेपालीलाई यथाशिघ्र नेपाल फर्किन आग्रह

बैंकक । सम्पर्क बिहिन अवस्थामा अबैध तरिकाले कम्बोडियामा बसिरहेका ६६ जना नेपालीलाई यथाशिघ्र नेपाल फर्किन आग्रह गरिएको छ ।

कम्बोडियामा रहेका नेपाली नागरिकहरूलाई यथाशीघ्र कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी १२ जुन २०२६ भित्र नेपाल फर्किन अनुरोध गरिएको नेपाली राजदूतावास बैंककले आइतबारी जारी गरेको सूचनामा उल्लेख छ ।

विभिन्न उद्देश्यले कम्बोडिया पुगी आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका ६०२ जना नेपाली नागरिकहरूका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराइ नेपाल फर्कन सहजीकरण गरिएको थियो ।

तर ईमेल, फोन तथा ह्वाट्सएप मार्फत सम्पर्क गर्दा पनि ठुलो संख्यामा रहेका नेपाली नागरिकहरूले नेपाल फर्किन तदारूकता नदेखाएको पाइएको छ।

तोकिएको समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकहरू उपर कम्बोडिया सरकारले तहाँको नयाँ कानून अनुसार अनुसन्धान गरी कसुरको प्रकृति अनुसार पाँच लाख अमेरिकि डलरसम्मको जरिवानाका साथै आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था गरेको छ।

कानुनी आधार बिना कम्बोडियामा लुकिछिपि बस्ने नेपाली नागरिकहरूले कम्बोडियाको नयाँ कानुनी व्यवस्था अनुसार तत्काल पक्राउ परी कठिन कानुनी सजाय व्यहोर्नुपर्ने अवस्था रहेको भन्दै सचेत समेत गराएका छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.