एक्सक्लुसीभ

बहुमतका बलमा सरकार गैरजिम्मेवार बन्दै गएको कांग्रेस संसदीय दलको निष्कर्ष 

काठमाडौँ । नेपाली काँग्रेसले सरकार बहुमतको बलमा गैरजिम्मेवार बन्दै गएको निष्कर्ष निकालेको छ । 

कांग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा नआएर जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारीबोध नगरेको निष्कर्ष निकालेको हो ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका  प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शाह संसदमा नआएको र गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने विषयप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।

उहाँले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने भन्दै कानुनभन्दा माथि कोही पनि नहुने र काँग्रेसले कानुनसम्मत हुने प्रक्रियालाई स्वीकार गर्ने बताउनुभयो ।

प्रमुख सचेतक थापाले पूर्वाधारलाई भन्दा शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट आओस् भन्ने आफूहरूको धारणा रहेको बताउनुभयो ।

बैठकमा आगामी आर्थिक वर्षको बजेट, संसद्मा पार्टीको भूमिका, आगामी रणनीति, संसदीय दलको रिक्त रहेका पदहरूलाई पूर्णता दिने तथा संसद्को विषयगत समितिहरूमा दलको तर्फबाट अध्ययन गर्न संयोजकहरू तोक्ने लगायतका विषयमा छलफल भएको प्रमुख सचेतक थापाले जानकारी गराउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.