एक्सक्लुसीभ

‘सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा समस्या कूटनीतिक तवरबाट समाधान गर्न सरकार लागिपरेको जनाएको छ  ।

मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो । “कूटनीतिक प्रयासले नै समस्या समाधान गर्नेमा हाम्रो स्पष्ट धारणा छ”, उहाँले भन्नुभयो ।

चीन र भारतबीच सञ्चालन हुने कैलाशमान सरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख २० गते नै सार्वजनिक गरिएको प्रवक्ता क्षेत्रीको भनाइ छ ।

नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमिमा रहेको भन्ने तथ्य १८१६ को सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएकाले यही अडानमा नेपालले कूटनीतिक समाधानको प्रयास गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

साथै यस विषयमा दुवै छिमेकी मुलुक भारत र चीनलाई जानकारी भएको र पटक पटक स्मरण गराउँदै आएको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्