साहित्य समाचार

दुई पुस्तक बजारमा

कास्की। अधिवक्ता मनोज घर्तीमगरद्वारा लिखित अनुसन्धानमूलक इतिहासका दुई पुस्तक सार्वजनिक भएका छन् । घर्तीका ‘मगर जातिको इतिहास’ र ‘भर्तीको फन्दा’ पुस्तकको दोस्रो संस्करण हालै बजारमा आएका छन् ।

इतिहास तथा संस्कार र संस्कृति गरी दुई भागमा विभाजित ‘मगर जातिको इतिहास’ १७६ पृष्ठ लामो छ । पुुस्तकमा मगर जातिको परिचय, मगर जातिको प्राचीनता, मगरको उत्पत्ति, कसरी भयो मगर नामकरण, मगरात, मगरको मूल थलो, मगर राज्य र राजाहरू, मगरका थर र उपथर, मगर भाषा, धर्म संस्कार, पूजा संस्कार, कर्म संस्कार, विवाह संस्कार, मगर समुदायका लोकबाजालगायतका विषय समेटिएका छन् ।

यसै गरी २०७१ सालमा प्रकाशित ‘भर्तीको फन्दा’ को परिमार्जित दोस्रो संस्करण पिपलतुङ रिसर्च एन्ड डेभलपमेन्ट हब ललितपुरले प्रकाशन गरेको छ । २६० पृष्ठको ‘भर्तीको फन्दा’ गोर्खा सैनिकको इतिहाससम्बन्धी पुस्तक हो । “भर्तीको फन्दा केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैन, यसले नेपाली समाज, खासगरी : मगर, गुरुङ, राई, लिम्बूलगायतका समुदायको जीवन, संस्कार, सङ्घर्ष र मनोविज्ञानलाई गहिरो रूपमा विश्लेषण गरेको छ,” प्रकाशन संस्था पिपलतुङ रिसर्च एन्ड डेभलपमेन्ट हबका अध्यक्ष माया रोकामगरले भन्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्