एक्सक्लुसीभ

नेपालको प्रस्तावमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ पारित

न्युयोर्क । नेपालले प्रस्ताव गरेको ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ संयुक्त राष्ट्रसंघको महासभाबाट पारित भएको छ। महासभाले मार्च १० मा प्रस्ताव अनुमोदन गरेपछि अब हरेक वर्ष अप्रिल १५ का दिन विश्वभर उक्त दिवस मनाइने भएको हो। यसलाई नेपालका लागि कूटनीतिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

यस दिवसले स्वास्थ्यलाई रोग नलाग्ने अवस्थामात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा पर्यावरणीय सन्तुलनसहितको समग्र कल्याणका रूपमा बुझ्नुपर्ने सन्देश विश्वभर फैलाउने उद्देश्य राखेको छ।

आरोग्यसम्बन्धी अभियानमा संलग्न संघ–संस्थाहरूले निर्णयलाई ऐतिहासिक भन्दै स्वागत गरेका छन्। उनीहरूका अनुसार यसले स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य संरक्षण तथा प्रकृतिसँग सन्तुलित जीवन बिताउन विश्व समुदायलाई प्रेरित गर्नेछ।

विशेषज्ञहरूले यस पहलले योग, ध्यान र प्राकृतिक उपचारमा आधारित आरोग्य पर्यटन प्रवद्र्धनमा समेत नेपाललाई अवसर मिल्ने बताएका छन्। साथै, आगामी वर्षदेखि अप्रिल १५ मा विश्वभर जनचेतनामूलक कार्यक्रम तथा योग–ध्यानलगायत गतिविधि सञ्चालन गरिने अपेक्षा गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.