राजनीति

सङ्खुवासभामा एमालेका कार्की निर्वाचित

सङ्खुवासभा । सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा अर्जुनकुमार कार्की विजयी हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा एमालेका कार्की १५ हजार ६६३ मतसहित निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले १५ हजार मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा यसपटक एक लाख १९ हजार ६३० मतदाता रहेकामा ६३ हजार ६३४ मत खसेको थियो ।

बिहीबार भएको निर्वाचनमा एक स्वतन्त्रसहित १६ जना उम्मेदवारी चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्