डायस्पोरा

होलीको निमन्त्रणा, आउनुहोस, सप्तरंगी पर्व मनाउन आइतबार आर्टेसिया पार्कमा

लस एन्जलस । दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायलाई वसन्त ऋतुको आगमनको स्वागत र सप्तरंगी पर्व होली खेल्न मधेशी एसोसियसन इन अमेरिकाले आगामी मार्च ८ तारिख आइतबार मनाइने फागु पूर्णिमा पर्वमा सहाभागिताको लागि निमन्त्रणा गरेको छ ।

‘मा’ क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिनेश साहले सम्पूर्ण दक्षिण क्यालिफोर्नियाका नेपाली समुदायलाई बनभोज, सांस्कृतिक झाँकी र अबीर जात्रा गरि उल्लासपूर्ण रूपमा आगामी मार्च ८ तारिख आइतबार मनाइने फागु पूर्णिमा पर्वमा सहाभागिताको लागि चुल्हे निम्तो गरेका हुन् ।

व्यस्त दिनचर्याका बीच पनि प्रत्यक बर्ष दक्षिण क्यालिफोर्नियामा रहेका नेपाली समुदायलाई जोड्न मधेशी एसोसियसन इन अमेरिकाद्वारा आयोजना गरिने बृहद बनभोज सहितको फागु पूर्णिमा कार्यक्रममा एकापसमा रङ दलेर, खुसी साटासाट गरेर, नाचगान गर्दै होली मनाउने प्रचलन रहेको छ।

होली, जीवन्त हिन्दू “रंगहरूको पर्व” र वसन्त ऋतु, प्रह्लाद र होलिकाको कथामा आधारित, खराबीमाथि राम्रोको लागि विजय उत्सवका रुपमा मनाइन्छ । यो कथा भक्ति र नकारात्मकताको जलनको प्रतीक हो, जुन प्रायः दुष्ट राजा हिरण्यकशिपुमाथि धार्मिकताको विजयलाई प्रतिनिधित्व गर्न होलिका दहन गरिन्छ ।

हरेक वसन्त ऋतुमा, नेपाल र भारत र विश्वभरका मानिसहरूले एकअर्कामाथि रंग र पानी छर्केर खुशीयाली मनाउँछन्। यस दिन – फाल्गुन पूर्णिमाको दिन – जाति, लिङ्ग, उमेर र हैसियत जस्ता सामाजिक मान्यता तोडेर एकसाथ रमाइलो गर्ने भावनामा सबैजना रंगले भिज्ने सप्तरंगी पर्व हो होली ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.