राजनीति

उम्मेदवार टुङ्गो लगाउँदै राजनीतिक दलहरु

काठमाडौँ। राजनीतिक दलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार टुङ्गो लगाउन छलफल जारी राखेका छन् । निर्वाचन आयोगले माघ ६ गते अर्थात् मङ्गलबार उम्मेदवारी दर्ताको कार्यतालिका राखेकाले दलहरूलाई उम्मेदवार टुङ्गो लगाउन भ्याइनभ्याइ भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अधिकांश उम्मेदवारका नाम टुङ्गो लगाएको छ भने नेपाली कांग्रेसले मापदण्ड बनाएरै नाम टुङ्गो लगाउन सूची तयार गरिरहेको छ । यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तीन प्रदेशमा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि अधिकांश प्रदेशमा उम्मेदवारको नाम टुङ्ग्याएका छन् ।

एमालेले अधिकांशको नाम टुङ्ग्यायो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा सदस्यका लागि पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाएको छ । एमालेको सचिवालय बैठकले १६५ मध्ये अधिकांश निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । कतिपय क्षेत्रमा अध्यक्ष केपी शर्मा ओलीले नै उम्मेदवारको छिनोफानो गर्ने अधिकार सचिवालयले प्रदान गरेको छ ।

सचिवालय बैठकले झापा–५ मा अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनाएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेललाई पाल्पामा उम्मेदवार बनाउने शनिबार बसेको सचिवालय बैठकको निर्णय छ । एमालेले उपमहासचिव लेखराज भट्टलाई कैलाली–४ मा उम्मेदवार बनाएको छ । सो क्षेत्र उहाँको गृह निर्वाचन क्षेत्र पनि हो । एमालेका अर्का उपमहासचिव योगेश भट्टराईको भने चुनाव लड्ने वा नलड्ने टुङ्गो लागेको छैन ।

एमालेले कैलालीबाट क्षेत्र १ मा द्वारिका न्यौपाने, क्षेत्र २ मा सूर्यबहादुर थापा, क्षेत्र ३ मा गौरीशङ्कर चौधरी, क्षेत्र ४ मा लेखराज भट्ट, क्षेत्र नं. ५ मा यज्ञराज ढुङ्गाना, कञ्चनपुरको क्षेत्र १ मा कमला बोहरा, २ मा वचनबहादुर सिंह, ३ मा दीपक भट्ट, अछाम १ मा झपटबहादुर बोहरा, २ मा यज्ञ बोगटी, बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेलधुरामा चव्रm स्नेही, बझाङमा अफिलाल ओखेडा, बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्नालाई एमालेले उम्मेदवार बनाउने भएको छ । त्यस्तै कर्णाली प्रदेशको सल्यानमा गुलाबजङ्ग शाह, रुकुमपश्चिममा नन्दराम देवकोटा, सुर्खेत १ मा ध्रुव शाही, २ मा कुलमणि देवकोटा, कालीकोटमा नागेन्द्र शाही, जुम्लामा शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्क रोकाया, दैलेख १ मा रवीन्द्रराज शर्मा र २ मा लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

सोही अनुसार जाजरकोटमा डम्मरबहादुर सिंह, लुम्बिनीको नवलपरासी १ मा रामप्रसाद पाण्डे, २ मा भगवतीप्रसाद यादव, रुपन्देही ३ मा वासुदेव घिमिरे, ५ मा खिमलाल भट्टराई, कपिलवस्तु १ मा विश्राम चौधरी, ३ मा वीरेन्द्र कडौनिया, दाङ ३ मा घनश्याम पाण्डे बाँके १ मा सूर्य ढकाल, ३ मा दलबहादुर सुनार, बर्दिया १ मा शालिकराम अधिकारी, २ मा विमला विक, पाल्पा १ मा नारायण आचार्य, २ मा विष्णुप्रसाद पौडेल, रोल्पामा गोकुल घर्ती, प्युठानमा सूर्यबहादुर थापा क्षेत्री, अर्घाखाँचीमा पीताम्बर भुसाल, गुल्मी १ मा प्रदीप ज्ञवाली र २ मा गोकर्णराज विष्टलाई पार्टीले उम्मेदवार बनाएको छ ।

त्यस्तै नवलपुर १ मा भागीरथ सापकोटा, २ मा तिलबहादुर महत क्षेत्री, गोरखा १ मा आरसी लामिछाने, २ मा मिलन गुरुङ, पर्वतमा पदम गिरी, तनहुँ १ मा भगवती न्यौपाने, २ मा केदार सिग्देल, स्याङ्जा १ मा मीनप्रसाद गुरुङ र २ मा खिमबहादुर थापालाई उम्मेदवार बनाएको छ । म्याग्दीमा हरिकृष्ण श्रेष्ठ, कास्की १ मा बैनबहादुर क्षेत्री, २ मा कृष्ण थापा, ३ मा दामोदर बैरागी, बागलुङ १ मा हिरा केसी र २ मा मञ्जु शर्मा चालिसे, मुस्ताङमा इन्द्रधारा विष्ट, मनाङमा पोल्देन सोताङ गुरुङलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको छ । त्यस्तै बागमती प्रदेशको सिन्धुली १ मा प्रदीप केसी (कटुवाल), २ मा मनोजजङ्ग थापा, रामेछापमा माधवप्रसाद ढुङ्गेल, दोलखामा पार्वत गुरुङ, सिन्धुपाल्चोक १ मा आङदोर्जे शेर्पा र २ मा शेरबहादुर तामाङ, काभ्रे १ मा अमित लामा, धादिङ १ मा भूमि त्रिपाठी, २ मा धनबहादुर घले, नुवाकोट १ मा बद्री मैनाली, २ मा केशव पाण्डे, रसुवामा प्रेमबहादुर तामाङ, मकवानपुर १ मा रामेश्वर राना, २ मा महेश बर्तौला, चितवन १ मा कृष्णराज (कमल) पाठक, २ मा अस्मिन घिमिरे र ३ मा शङ्करराज थपलियालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै काठमाडौँ १ मा मोहन रेग्मी, २ मा मणिराम फुयाँल, ३ मा रामेश्वर फुयाँल, ६ मा अमनकुमार मास्के, ८ मा राजेश शाक्य, १० मा विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै ललितपुर १ मा चेतनाथ सञ्जेल, २ मा प्रेमबहादुर महर्जन र ३ मा टुङ्गो लाग्न बाँकी छ । त्यस्तै मधेश प्रदेशको सप्तरी १ मा सुमन प्याकुरेल, २ मा सतीश सिंह, ३ मा ताराकान्त चौधरी र ४ मा बालकृष्ण चौधरी, सिराहा १ मा केदार यादव, २ मा नवीनकुमार यादव, ३ मा लीलानाथ श्रेष्ठ र ४ मा बिल्टु यादव, धनुषा १ मा रामचन्द्र मण्डल, २ मा उमाशङ्कर अग्रहरी, ३ मा जुली महतो र ४ मा रघुवीर महासेठलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै महोत्तरी १ मा लक्ष्मी महतो कोइरी, २ मा रामपरीक्षण यादव, ४ मा सरोज यादव, सर्लाही ३ मा हरि उप्रेती, रौतहट १ मा अजय गुप्ता, २ मा शैलेन्द्र साह, ३ मा कुन्दन कुशवाहा, ४ मा रामजी शाह, बारा १ मा अच्युत मैनाली, २ मा बलवीर चौधरी, ३ मा ज्वाला साह र ४ मा किसान श्रेष्ठलाई उम्मेदवार बनाएको छ । पर्सा ३ मा प्रमोद जैसवाल ४ मा जालिम मियाँ अन्सारी, कोशी प्रदेशको पाँचथरमा अइन्द्र सुन्दर नेम्बाङ, इलाम १ मा काजिमान कागते र २ मा सुहाङ नेम्बाङ, झापा १ मा रामचन्द्र उप्रेती, २ मा देवराज घिमिरे, ४ मा मनोज ताम्ली र ५ मा केपी शर्मा ओलीलाई उम्मेदवार बनाएको छ । त्यस्तै सङ्खुवासभा १ मा डा. अर्जुन कार्की, धनकुटा १ मा राजेन्द्र राई, भोजपुर १ मा शेरधन राई, तेह्रथुम १ मा भानुभक्त ढकाल, सुनसरी १ मा सूर्य पन्दाक, २ मा जगदीश कुशियत, ४ मा भगवती चौधरी । त्यस्तै मोरङ १ मा घनश्याम खतिवडा, २ मा दिलीप बगेडिया, ३ मा दिलीप राई, ४ मा जीवन घिमिरे, सोलुखुम्बु १ मा कल्पना राई, ओखलढुङ्गा १ मा अस्मिता थापा, उदयपुर १ मा दुर्गा थापा स्वोती, २ मा अम्बर रायमाझीलाई उम्मेदवार बनाएको छ । त्यस्तै एमालेले खोटाङमा देवविव्रmम राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपाले तीन प्रदेशमा टुङ्ग्यायो

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले अधिकांश उम्मेदवार टुङ्गो लगाएको पार्टी कार्यालय सचिव गणेशमान पुनले जानकारी दिनुभयो । “जिल्ला प्रदेश हुँदै केन्द्रमा एकल नाम सिफारिस भएर आएका उम्मेदवारको सर्वम्मत रूपमा टुङ्गो लागेको छ । दुईभन्दा बढी उम्मेदवारको सिफारिस भएका क्षेत्रमा दुवै पक्षसँग छलफल गरेर नाम टुङ्ग्याइएको छ,”

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.