एक्सक्लुसीभ

कांग्रेसमा विशेष महाधिवेशन विवाद चर्किँदै

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको विषयलाई लिएर विवाद उत्कर्षमा पुगिरहेका बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन आयोजना गर्दै हुनुहुन्छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपा, काठमाडौंमा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयाे।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो। सोही निर्णयको कार्यान्वयनका सन्दर्भमा कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलनमार्फत् पुनः विशेष महाधिवेशन स्थगित गर्न आग्रह गर्ने तयारी गरिएको बताइएको छ।

पत्रकार सम्मेलनमा इतर समूहका नेता डा. शेखर कोइरालाको पनि उपस्थिति रहने जनाइएको छ। विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको आन्तरिक मतभेदका कारण नेपाली कांग्रेसको आन्तरिक राजनीति थप तातेको छ।

उता कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशन तयारी तिब्र पारिएको छ।

शुक्रबार बिहानै ५ बजेदेखि कार्यकर्ताले चारतारे झन्डाले भृकुटीमण्डप र आसपास क्षेत्र सिंगारेका ।

महामन्त्रीद्वयको नेतृत्वमा आह्वान भएको विशेष महाधिवेशन पुस २७ र २८ मा गर्ने तयारी छ । यसैबीच नेपाली काग्रेंसको दोस्रो विशेष महाधिवेशन वृहत जनपरिचालन समितिले आजै दिउसो तीन बजे पत्रकार सम्मेलन गर्नेतयारी गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.