एक्सक्लुसीभ

सभापति देउवालाई नेता शेखर कोइरालाले भने, ‘पार्टी फुट्नबाट बचाउनुहोस’

काठमाडौँ। नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर सम्भावित पार्टी विभाजनको खतरा रोक्न भूमिका खेल्न आग्रह गरेका छन् ।

बिहीबार बिहान महाराजगञ्जस्थित निवासमा भेटेर कोइरालाले देउवालाई पार्टी जोगाउन सक्रिय हुन भनेका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार आगामी २७ देखि २९ पुसम्म विशेष महाधिवेशन घोषणा गरेका थिए ।

लगत्तै संस्थापनले विज्ञप्ति जारी गरेर महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशनमा सहभागी नहुन भनेको छ । श्रोतका अनुसार कोइरालाले विशेष महाधिवेशनलाई संकल्प सभामा परिणत गर्न आग्रह गरे ।

अहिले संकल्प प्रस्ताव पारित गर्ने र वैशाख अन्तिममा घोषित १५औं महाधिवेशनले स्वामित्व लिने गरी अघि बढन् कोइरालाले देउवालाई सुझाएका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.