एक्सक्लुसीभ

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । 

कारागारबाट रिहा भएपछि चितवनको भरतपुरस्थित चौबिस कोठीमा आफ्ना कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गर्दै उहाँले जेनजीले देखाएको सपना पूरा गर्न निर्वाचनको विकल्प नरहेको बताउनुभएको हो । उहाँले नवपुस्ताका मागको सम्बोधन र निर्वाचन सम्पन्न गर्न दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले  सुशासनका सवालमा सरकार दृढतापूर्वक उभिनुपर्नेमा जोड दिनुभयो । सभापति लामिछानेले भन्नुभयो,“मेरो व्यक्तिगत माग केही छैन । जेनजीले जेका लागि बलिदानी दिएका थिए त्यो पूरा गर्न सरकार अडिग रहोस्, त्यसमा हामी साथ दिन्छौँ । सुशासनका भाइ–बहिनीले बगाएको रगत, तिनका परिवारको सपनाबारे सरकारले कुनै कसर बाँकी नराखोस् ।”

देश जटिल परिस्थितिमा उभिएकाले सबैले संयमित भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले आवेग वा उत्तेजनामा काम गरेर केही हासिल नहुने धारणा राख्नुभयो । सभापति लामिछानेले प्रतिशोधपूर्ण राजनीति आफूबाट नहुने र सधैँ लोकतन्त्रमा विश्वास गर्दै जिम्मेवार भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.