मनोरंजन

मदनकृष्णको ‘ख्यालि जुजु’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले रचना गर्नुभएको नेपाल भाषाको गीत ‘यो ख्यालि जुजु…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । महर्जनले नै निर्माण गर्नुभएको सो म्युजिक भिडियोमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र भिन्तुना जोशीको मुख्य अभिनय रहेको छ ।

सो म्युजिक भिडियोको गीतमा श्रेष्ठले स्वर पनि दिनुभएको छ । श्रेष्ठलाई रिता महर्जनले साथ दिनुभएको छ । यसै गरी बालमुकुन्द प्रजापतिको निर्देशन, शैलेस श्रेष्ठको छायाङ्कन, अनिल शाहीले म्युजिक एरेन्ज गुर्नभएको ‘यो ख्यालि जुजु’ मा श्रेष्ठ र रिता महर्जनको स्वर रहेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.