अर्थ

एडिबीबाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले एसियाली विकास बैकबाट प्राप्त हुने करिब १४ अर्ब ३८ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबार स्थित सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले स्ट्रेन्थेन पब्लिक फाइनान्सियल म्यानेजमेन्ट एण्ड डेभलभ सर्भिस डेलिभरी कार्यक्रमको लागि एसियाली किवास बैकबाट प्राप्त हुने ऋण स्वीकार गर्ने निर्णय भएको बताउनुभयो ।

यस्तै कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिँचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाको लागि अधिकृत स्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गने र युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय भएको मन्त्री खरेलले जानकारी दिनुभयो ।

मन्त्री खरेलले पुस १२ देखी १४ गतेसम्म काठमाडौँमा सञ्चालन हुने नेपाल भारत संयुक्त कृषि कार्यसमूहको नवौँ बैठकमा सहभागी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिवको संयोजकत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने लगायतका निर्णयहरू मन्त्रिपरिषद् बैठकले गरेको बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.