इमिग्रेशन अपडेट

स्पेनको युवा मतदाता अति-दक्षिणपन्थी पार्टीको आप्रवासन विरोधी मुद्धा तर्फ आकर्षित हुदै

म्याड्रिड । स्पेनको अति-दक्षिणपन्थी पार्टीका १८ देखि २४ वर्ष उमेर समुहका लगभग एक तिहाइ मतदातामा आप्रवासन विरोधी मुद्धा तर्फ आकर्षित हुदै गरेको ताजा सर्वेक्षणले सार्वजनिक गरेको छ ।

अति-दक्षिणपन्थी पार्टी भोक्सको समर्थनमा देखिएका १८ देखि २४ वर्ष उमेर समुहका लगभग एक तिहाइ मतदाताले आप्रवासन प्रति चिन्ता व्यक्त गर्दै राष्ट्रब्यापी अभियान सुरु गरेका हुन् ।

स्पेनी संसदमा तेस्रो ठूलो दल रहेको कट्टर-दक्षिणपन्थी पार्टीले सत्ता लिएमा सबै अवैध आप्रवासीहरूलाई फिर्ता पठाउने वाचा गरेको छ।

गत महिना प्रकाशित ४०डीबीद्वारा गरिएको सर्वेक्षण अनुसार, २०२३ मा भएको गत चुनावमा १२.४ प्रतिशतको तुलनामा लगभग १७.४ प्रतिशत स्पेनीहरूले भोक्सलाई समर्थन गरेको तथ्य सार्वजनिक भएको छ ।

युवा स्पेनीहरू बढ्दो रूपमा दक्षिणपन्थी लोकप्रियतावादी पार्टीतिर लागेका छन्। सर्वेक्षणले २९ प्रतिशत भोक्स मतदाता १८-२४ वर्ष उमेरका रहेको पत्ता लगाएको छ, जबकि केवल ९.९ प्रतिशत ६५ वर्षभन्दा माथिका छन्।

भोक्स मतदाताहरूको सबैभन्दा कान्छो समूहमा ३८ प्रतिशत पुरुष थिए भने २० प्रतिशत महिला थिए।

स्थानिय एक युवाले भने, “हालैका वर्षहरूमा आप्रवासन बढेको छ। तपाईं बार्सिलोना जानुहुन्छ भने, केही ठाउँहरूमा यो अर्कै देश वा उत्तर अफ्रिका जस्तो लाग्छ ।’

“वामपन्थीहरूले केही मुद्धाहरूमा आफ्नो अडान त्यागेका छन्। हामीलाई चिन्ता गर्ने कुरा भनेको आप्रवासन, सुरक्षा, आवासमा पहुँच र कामको स्थिरता हो।”

क्याटालोनियामा, २०२० मा गठन भएको दक्षिणपन्थी क्याटालान स्वतन्त्रता पार्टी, अलियान्का क्याटालुनियाको लोकप्रियता बढेको छ, एउटा सर्वेक्षणले तत्काल चुनाव भएमा पार्टीलाई स्पेनी संसदमा १०-१४ सिटहरू सहजै जित्ने सर्वेक्षणले देखाएको छ।

विश्लेषकहरू भन्छन् कि बेलायतमा रिफर्म जस्तै भोक्सले पनि जन समर्थन आकर्षित गरिरहेको छ, किनभने आप्रवासन जस्ता मुद्धाहरूमा यसको लोकप्रियतावादी सन्देश युवाहरूमाझ लोकप्रिय छ।

स्पेनको समाजवादी नेतृत्वको गठबन्धन सरकार २०१८ देखि सत्तामा छ ।

भोक्स जस्ता दलहरू र अर्धसैनिक संगठन न्यूक्लियो नेसियोनल जस्ता अति दक्षिणपन्थी सामाजिक आन्दोलनहरूले केही युवाहरूमाझ आप्रवासी विरोधी भावनामा लोकप्रियताको राजनीति सुरु गरेसंगै बाकि युरोपियन देश जस्तै स्पेनमा पनि आप्रवासी विरुद्धको लहरले आगामी निर्वाचनलाई प्रभाव पार्ने देखिन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.