एक्सक्लुसीभ

मधेस प्रदेश सरकार गठन विरुद्ध सर्वोच्चमा मुद्धा दायर

जनकपुरधाम । मधेस प्रदेश सरकार गठनको विरुद्धमा सात दलले आज संयुक्त रूपमा सर्वोच्च अदालतमा मुद्धा दायर गरेको छ ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठुलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई नियुक्त गरी महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एक होटेलमा शपथ ग्रहण गराएपछि सात दलले विरोध गर्दै आज सर्वोच्च अदालतमा नियुक्ति बदरको माग गर्दै मुद्दा दायर गरेको हो ।

नेपाली काँग्रेस सहित सात दलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार बन्ने सम्भावना रहेकाले सोही अनुसार गठन गर्नुपर्ने अवस्था हुँदाहुँदै प्रदेश प्रमुखले उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा सरोज कुमार यादवलाई नियुक्त गरेको भन्दै उत्प्रेषण परमादेश मुद्दा दायर गरेको छ ।

मधेस प्रदेशमा रहेका ७३ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने काम भएको कानुन व्यवसायी दिपेन्द्र झाले जानकारी दिनुभएको छ ।

नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमारी यादव, प्रदेशसभा सदस्य मनिष सुमन, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जैनुल राइन सर्वोच्च अदालत मुद्दा दर्ताका लागि पुग्नुभएको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.