इमिग्रेशन अपडेट

आइस एजेन्टहरूलाई ज्यान मार्ने धम्की पोस्ट गर्ने फ्लोरिडाका जोसेफ जियान पक्राउ

वासिङ्टन । अमेरिकी गृह सुरक्षा विभाग (डिएचएस) ले आज फोर्ट मायर्समा होमल्याण्ड सुरक्षा अनुसन्धान (एचएसआइ) का विशेष एजेन्टहरूले आइस अधिकारीहरूलाई अनलाइन ज्यान मार्ने धम्की दिने फ्लोरिडाका जोसेफ जियानकोलालाई पक्राउ गरेको छ।

जोसेफ जियानकोलाले “केन डेलोन” छद्म नामले सामाजिक सञ्जाल प्लेटफर्म ब्लूस्कीमा पोस्ट गरेका थिए । उनले सामाजिक सञ्जाल प्लेटफर्म ब्लूस्कीमा पोस्ट गरेको धम्कीहरुमा भनेका थिए,  “आईसीई नाजीहरूलाई पागल कुकुरहरू जस्तै गोली हान” “बन्दुक उठाउनुहोस् र आईसीई नाजीहरूलाई गोली हान्नुहोस्” “आइस गुण्डाहरूलाई गोली हान्नुहोस्” “ती आइसी गुण्डाहरूलाई गोली हान्नुहोस्” “आईसीई एजेन्टहरूलाई गोली हान्नुहोस्।” “तिनीहरू मेरो नजिक आउँछन्, र म मार्न गोली हान्छु। सावधान रहनुहोस्” “यी गुण्डाहरूलाई गोली हान्नुहोस्” “आफ्नो बन्दुक निकाल्नुहोस् र तिनीहरूलाई गोली हान्नुहोस्” रहेका छन् ।

आइस अधिकारीहरू माथिको आक्रमणमा १,०००% भन्दा बढी वृद्धि र ज्यान मार्ने धम्कीहरूमा ८,०००% वृद्धिको सामना गरिरहेका छन्।


सहायक सचिव ट्रिसिया म्याकलफ्लिनले भनिन्, ‘यो व्यक्तिले आइस कानून प्रवर्तन अधिकारीहरू विरुद्ध बारम्बार घृणित मृत्युको धम्की दियो। उनी अहिले संघीय हिरासतमा छन् र कानूनको पूर्ण हदसम्म उनलाई मुद्धा चलाइनेछ । आइस कानून प्रवर्तन अधिकारीहरूले उनीहरूको विरुद्ध मृत्युको धम्कीहरूमा ८,०००% वृद्धिको सामना गरिरहेका छन् जबकि उनीहरूले हत्यारा, बलात्कारी, बाल यौन दुराचार गर्ने, आतंककारी र गिरोहका सदस्यहरूलाई नियन्त्रणमा लिन हरेक दिन आफ्नो ज्यान जोखिममा पार्छन् ।’

विज्ञप्तीमा भनिएको छ, डिएचएस आफ्ना कर्मचारीहरूको सुरक्षा गर्न र हिंसाको धम्की दिने व्यक्तिहरूलाई जवाफदेही बनाइने र कानूनको पूर्ण हदसम्म मुद्धा चलाइने कुरा सुनिश्चित गर्न प्रतिबद्ध छ।

डिएचएसले भनेको छ, ‘गृह सुरक्षा विभागले राजनीतिज्ञहरू र मिडियालाई आइस कानून प्रवर्तनको बारेमा आफ्नो बयानबाजी कम गर्न चेतावनी दिँदै आएको छ। कानून लागू गर्ने यी पुरुष र महिलाहरूको हिंसा र अमानवीकरण बन्द हुनुपर्छ।’

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.