डायस्पोरा

संगीत पारखीहरुलाई ६ अक्टोबर आयोजना हुने सत्य स्वरूप सांगीतिक साँझको निमन्त्रणा

लस एन्जलस । दशैं तिहार र छठको अवसरमा हिमालयन भ्वाइस र दक्षिण क्यालिफोर्नियाको प्रबुद्ध नेपाली समुदायले सुगम संगीतका दुई नक्षत्र सत्य स्वरूप सांगीतिक साँझ आयोजना हुने भएको छ ।

हिमालयन भ्वाइसको साथमा लस-एन्जलस बासी नेपाली समुदायको प्रस्तुती नेपाली सुगम संगीतका दुई नक्षत्र सत्य राज आचार्य र स्वरूप राज आचार्यको पर्व विशेष सांगीतिक प्रस्तुतीमा यहाँहरुको गरिमामय उपस्थितिको लागि समुदायका अगुवा मदन पाठक र नबिन पोखरेलको तर्फबाट आग्रह गरिएको हो ।

विजयादशमी, दिपावली र छठको शुभकामान व्यक्त गर्दै नेपाली जन सम्पर्क समिति दक्षिण क्यालिफोर्नियाका सभापति मदन पाठकले भने, ‘समुदायलाई चाड पर्वमा रमाउने अवसरको रुपमा सत्य स्वरूप सांगीतिक साँझ आयोजना गर्न लागिएको बताए ।

समुदायका अगुवा नबिन पोखरेलले भने, ‘पर्वहरुमा खुसी ल्याउन र समाज एक ठाउँमा जम्मा भएर सुगम संगीतको आनन्द लिने उद्धेश्यले सत्य स्वरूप सांगीतिक साँझ आयोजना गर्न लागिएको हुँदा सवैको सहभागिताको लागि आग्रह गर्दछु ।’

सत्य स्वरूप सांगीतिक साँझमा सहभागिताको लागि निम्न लिखित समुदायका अगुवाहरुसंग सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएका छन् ।

 

मिति: ६ अक्टोबर, २०२५
स्थान:18349 Pioneer Blvd, Artesia, CA 90701
समय: साँझ ७:०० बजे

समपर्क व्यक्ति:
कृष्ण केसी
५६२ ६४४ ६२२१

नबिन पोखरेल
५६२ ६५० ३२५३

सुर्य प्रसाई
५६२ ६५२८ ८३४

मदन पाठक
५६२ ३७५ २२८४

अनिल केसी
५६२ ५६९ ४८११

अमृत महतो
६२६ ३२८ ५१९१

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्