राजनीति

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक पार्टीका अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरको गुण्डुमा सुरु भएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफल गर्न एमालेको सचिवालय बैठक आज पहिलो पटक बसेको हो ।

तत्कालीन प्रधानमन्त्री ओलीले आन्दोलनपछि गत भदौ २४ गते राजीनामा दिनुभएको थियो । एमालेमा भावी राजनीतिक यात्रा, जेनजीहरुको मागको सुनुवाइ र नेतृत्वमा पुस्तान्तरणको बहस पनि हुँदै आएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.