एक्सक्लुसीभ

सत्तारुढ काँग्रेसको आपत्ती, ‘जीएसआईमा नेपाल सहभागी हुदैन’

काठमाडौँ । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भ्रमणको क्रममा चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई नेपालले समर्थन गरेको उल्लेख भएपछि सत्तारुढ दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको भेटबारे सार्वजनिक गरेको विवरणमा नेपालले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई समर्थन गरेको उल्लेख भएपछि सत्तारुढ दल नेपाली काँग्रेसले आपत्ति जनाएको हो ।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘नेपाल चीनद्वारा प्रस्तावित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई), ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसिएटिभ (जीसीआई) लाई समर्थन गर्दछ’ भनिएको छ ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीको जवाफबारे उल्लेख गर्ने क्रममा नेपाल ‘एक चीन नीति’मा प्रतिबद्ध रहेको भन्दै बेल्ट एण्ड रोड इनिसिएटिभको सन्दर्भमा सहकार्य अझ गहिरो बनाउने अपेक्षा गरेको समेत भनिएको छ ।

चिनियाँ पक्षले उल्लेख गरेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा सहभागी हुने विषयलाई लिएर नेपालमा लामो समय देखि विवाद हुदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जारी भ्रमणका क्रममा चिनियाँ पक्षको वक्तव्यमा उल्लेख भएपछि सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नेपाल जीएसआईमा सहभागी नहुने प्रतिक्रिया दिएय्का छन् ।

यद्यपि बेइजिङले जीएसआई कुनै सुरक्षा गठबन्धन नभएको दावी गर्दै आएको छ ।

‘स्मरण रहोस नेपालको बामपन्थी सरकारहरुले चीनको ग्लोबल डेभलपपमेन्ट इनिसिएटिभ (जीडीआई) मा सहभागीता जनाउदै आएका छन् ।

बैदेशिक मामलाका जानकारहरु जीएसआईको सन्दर्भमा चिनियाँ पक्षको विज्ञप्तिमा समावेश भएको विषयमा नेपाल स्पष्ट हुनुपर्ने बताउँछन् ।

चीनको विदेश मन्त्रालयले २१ फेब्रुअरी २०२३ मा सार्वजनिक गरेको ‘द ग्लोबल सेक्युरिटी इनिसिएटिभको कन्सेप्ट पेपर’मा यसको उद्धेश्य अन्तर्राष्ट्रिय द्वन्द्वका कारणलाई निराकरण गर्ने, अस्थिरता हटाउने र संयुक्त अन्तर्राष्ट्रिय प्रयासहरूलाई प्रोत्साहन गर्ने भनिएको छ ।

तर अहिले जीएसआईलाई चीनले अघि सारेको अलग सुरक्षा गठबन्धन बनाउने प्रयासका रुपमा व्याख्या गरिदै आएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्