राजनीति

‘सीमा विवादमा दुवै देशसँग परिणाममुखी वार्ता आवश्यक’

काठमाडौँ । नेपाल– चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा फ्रेण्डस एन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालले मुलुकको विकासमा चीनको भूमिका विषयमा छलफल आयोजना गरेको छ ।

बत्तिस पुतली स्थित होटेल तपसमा आयोजना गरिएको कार्यक्रममा चीनका लागि नेपालका पूर्व राजदूत एवम् पूर्व परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले लिपुलेक, लिम्पियाधुरा र कालापानी नाका हुँदै भारत– चीन व्यापारिक सहमति भएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुझबुझ पूर्ण कदम चाल्नुपर्ने बताउनुभयो ।

प्राध्यापक डा. सुरेन्द्र केसीले नेपालको सुरक्षामा चीन नै ढाडसको रूपमा रहेको बताउनुभयो । उनले अंशुवर्मा, भृकुटी, अरनिको लगायतबाट जोडिएको नेपाल– चीन सम्बन्ध अहिले राजनीतिक र जनस्तरसम्मै बलियो हुँदै गएको बताउनुभयो ।

परराष्ट्रविद् डा. मनिता कुशीले नेपालको समग्र हित र विकासको लागि चीनको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रम आयोजक संस्था फ्रेण्डस एन दि क्लाउडः प्लेटफर्म अफ इन्फुलेन्स नेपालका अध्यक्ष समाजसेवी शोभित उप्रेतीले चीन आर्थिक रूपमा विश्वको पहिलो शक्ति बन्नै लाग्दा नेपाल भने झिना मसिना कुरामा अड्किनु दुःखद रहेको बताउनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.